Need Help ?
Call: +977- 021471222

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय मोरङ

मोरङ जिल्लाको परिचय र शैक्षिक अवस्था

मोरङ जिल्लामा हाल सञ्चालनमा रहेका विभिन्न किसिमका शैक्षिक सस्थाहरूको तथ्य जानकारी र उक्त शैक्षिक संस्थाहरूको संचालन र व्यवस्थापनकालागि जिल्ला शिक्षा कार्यालय, मोरङले सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रम तथा स्रोतकेन्द्र र विद्यालय स्तरमा भै रहेका राम्रा अभ्यासहरू सरोकारवाला सम्म सहजरूपबाट पुर्याइ पारदर्शी र प्रभावकारी शैक्षिक ब्यवस्थापन गर्ने प्रयास स्वरूप यो वेवसाइडको सुरूवात गरिएको हो । जिल्लाको वर्तमान शैक्षिक अवस्था र सूचकहरूका लागि थप हेर्नुहोस ..
शैक्षिक संस्थाहरूको सारांश २०७३

१      स्थानीय तह संख्या ः १७              

२      विद्यालय संख्या (संस्थागत) – ३४०       प्रा.वि. १२६       नि.मा.वि. ५१          मा.वि. १६३

३      विद्यालय संख्या (सामुदायिक) – ५६१     प्रा.वि. ः ३०१   नि.मा.वि. ः १०७     मा.वि. ः १५३

४      क्याम्पस – २३                       सरकारी  ५            निजी १८

५      उ.मा.वि. (सवै) – ९९              सामुदायिक ः ५९    संस्थागत ः ४०

६      विद्यालय तह (सामुदायिक)ः     प्रा.तह ः ५५९   नि.मा. ः २५८  मा.तह ः १५३

७      संस्थागत विद्यालय तह ः         प्रा.तह ः३४०    नि.मा. ः २१४  मा. ः १६३

८      सामुदायिक अध्ययन केन्द्र ः ३५              

९      बालविकास केन्द्र ९४२        विद्यालयमा आधारित ५०७      समुदामा आधारित ४३५  

शैक्षिक सूचक २०७२

१      शिक्षक विद्यार्थी अनुपात (राहत सहित)    प्रा.तहः १:३६.२९   नि.मा.तह ः १:५७.८८ मा.तह ः १:४४.८९

२      तालिम प्राप्त शिक्षक विद्यार्थी अनुपात     प्रा.तहः १:४२.९२  नि.मा.तह १: ८०.१   मा.तह १:६६.७६

३      शिक्षिका विद्यार्थी अनुपात प्रा.तहः १:८६   नि.मा.तहःः१:२१३.३   मा.तहः १:४०८.६

४      शिक्षिका प्रतिशत प्रा.तहः ४७.७    नि.मा.तहः२५    मा.तहः१०.९

५      तालिम प्राप्त शिक्षक प्रतिशत     प्रा.तहः ७८.५    नि.मा.तहः ७२.२ मा.तहः ६७.२

६      तालिम प्राप्त शिक्षिका प्रतिशत    प्रा.तहः ७८.४    नि.मा.तहः ५१.१७ मा.तहः ४५.७६

७      कुल शिक्षक दरवन्दी (सरकारी)    प्रा.तहः २१७३ परियोजना समेत)   नि.मा.तहः ६२७  मा.तहः ४०५

८      शिक्षक राहत कोटा अनुदान       प्रा.तहः ५३३     नि.मा.तहः १५८  मा.तहः १३२

९      छात्रा प्रतिशत (सामुदायिक)       प्रा.तहः ५२.७९   नि.मा.तहः ५३.९० मा.तहः ५३.०३

१०     साक्षरता प्रतिशत ०६८ जनगणना   महिला ः ६३.१३ पुरुष ः ७८.७३  जम्मा ः ७०.६३

११     समुदायबाट व्यवस्थापन  विद्यालय तह    प्रा.तहः २५८     नि.मा.तहः ८०   मा.तहः ४१

१२     बा.वि.के.बाट कक्षा १ मा भर्ना हुनेको प्रतिशत छात्राः– २८.९८   छात्रः– ३१.३७    जम्मा ः ३०.१२

१३     कक्षा १ मा पढ्ने विद्यार्थी       छात्राः– १२६६१   छात्रः–११६३१    जम्माः–२४२९२

१४     प्राथमिक तहको सहजै देखिने भर्ना दर     छात्राः– १२०.५    छात्रः– ११९      जम्माः  ११९.७५

१५     प्राथमिक तहको खुद भर्ना दर            छात्राः– ९०.३     छात्रः–  ९२.२    जम्माः– ९१.२५

१६     निम्न माध्यमिक तहको सहजै देखिने भर्ना दर छात्राः–  ७४.४  छात्रः– ७५.२     जम्माः–  ७४.८

१७     निम्न माध्यमिक तहको खुद भर्ना दर     छात्राः– ४६.१     छात्रः–  ४७.३     जम्माः– ४६.७

१८     माध्यमिक तहको सहजै देखिने भर्ना दर    छात्राः– ६२.७     छात्रः– ६३.२     जम्माः– ६२.९५

१९     माध्यमिक तहको खुद भर्ना दर           छात्राः– ३५      छात्रः– ३७       जम्माः– ३६

साक्षरता सम्बन्धी विवरण

राष्ट्रिय जनगणना २०६८ अनुसार मोरङ जिल्लाको कूल जनसंख्यामध्ये ५ वर्ष वा सो भन्दा माथिको पुरुषको साक्षरता ७८.७३ र महिलाको ६३.१३  प्रतिशत गरी कूल जम्मा ७०.६३ प्रतिशत साक्षर भएको देखिन्छ ।

बाल विकास तथा पूर्व प्राथमिक शिक्षा कार्यक्रम

मोरङ जिल्लामा आ.प्रा.शि.प.लागू भएपछि शिशु कक्षाहरु संचालन हुँदै आएता पनि आ.ब. ०५०।०५१ देखि व्यवस्थित रुपमा संचालन भएको पाइन्छ । जिल्लामा विद्यालयमा आधारित र समुदायमा आधारित बाल कक्षाहरु संचालन भएका छन् । संस्थागत विद्यालयहरुमा पूर्व प्राथमिक विद्यालयको रुपमा नर्सरी, एल्.के.जी., यु.के.जी.कक्षाहरु संचालनमा छन् भने सामुदायिक विद्यालयहरुमा पनि पूर्व प्राथमिक कक्षा वा बाल विकास केन्द्रको रुपमा संचालन भएको पाइन्छ । बाल विकास केन्द्र र पूर्व प्राथमिक विद्यालयको अनुमति जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएकोमा शिक्षा ऐन, २०२८ को सातौं संशोधन पश्चात् स्थानीय निकायहरु गा.वि.स., न.पा., उ.न.पा., म.न.पा.हरुले आ आफ्नो क्षेत्रभित्र अनुमति दिने गरिएको छ । पूर्व प्राथमिक विद्यालयहरुको संचालन र रेखदेखको व्यवस्था स्थानीय निकायहरुबाट हुने गरे पनि नेपाल सरकारले पनि वार्षिक कोटा छुट्याई स.का.को तलब, शैक्षिक सामाग्री र स.का.तालिम जस्ता पक्षहरुमा स्थानीय निकायहरुलाई सहयोग गर्दै आएको छ । हाल मोरङ जिल्लाका कूल १०३२ बाल विकास केन्द्रमध्ये सरकारी अनुदान पाउने विद्यालयमा आधारित ४९३ र समुदायमा आधारित ४४९ गरी जम्मा ९४२ ओटा बालबिकास केन्द्र्रहरु संचालनमा रहेका छन् भने अन्यलाई विभिन्न गैसस र अगैससहरुले सहयोग गर्दै आएका छन् । यसका अलावा संस्थागत विद्यालयमा संचालित पूर्व प्राथमिक कक्षाहरुको साथै सहरी क्षेत्रमा केही शिशु विकास केन्द्रहरु पनि संचालनमा रहेका छन् ।

आधारभूत शिक्षा

आधारभूत शिक्षालाई २ तहमा बाँडिएको छ । कक्षा १ देखि ५ सम्मलाई प्राथमिक शिक्षा र कक्षा ६ देखि ८ सम्मलाई निम्न माध्यमिक शिक्षाको रुपमा लिइएको छ ।

प्राथमिक शिक्षा

विद्यालयीय संरचनाको आधारको रुपमा प्राथमिक शिक्षा रहेको छ । जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई प्राथमिक विद्यालयहरुले मोरङ जिल्लाका सबै गा.वि.स.र उ.म.न.पा.मा यो शिक्षा प्रदान गर्दै आएका छन् भने अधिकांश नि.मा.वि., मा.वि.र उ.मा.वि.हरुले पनि प्राथमिक शिक्षा प्रदान गर्दै आएका छन् । मोरङ जिल्लामा सामुदायिक विद्यालय अन्तरगत हाल ५६० वटा प्राथमिक विद्यालयहरु, १०७ वटा निम्न माध्यमिक विद्यालयहरु, १५३  वटा माध्यमिक विद्यालयहरु,  ५९ वटा उच्च माध्यमिक विद्यालयहरु, ५६ वटा मदरसा, ६ आश्रम र १ ओटा गुम्बा सञ्चालनमा रहेका छन्  भने  ५६ वटा गृहिणी विद्यालयहरुले पनि ३ वर्ष भित्र कक्षा ५ बराबरको शिक्षा प्रदान गर्दै आएका छन् । संस्थागत विद्यालय तर्फ  ११५ वटा प्राथमिक विद्यालयहरु, ५० वटा निम्न माध्यमिक विद्यालयहरु र  १७९ वटा माध्यमिक विद्यालयहरु र ४२ वटा उ.मा.वि.हरुले यो शिक्षा प्रदान गर्दै आएका छन् ।

निम्न माध्यमिक शिक्षा

जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई निम्न माध्यमिक विद्यालयहरुले मोरङ जिल्लाका सबै गा.वि.स.र उ.म.न.पा.मा शिक्षा प्रदान गर्दै आएका छन् भने मा.वि.र उ.मा.वि.हरुले पनि निम्न माध्यमिक शिक्षा प्रदान गर्दै आएका छन् । सामुदायिक विद्यालय तर्फ यस जिल्लामा यो शिक्षा प्रदान गर्ने हाल १०७ वटा निम्न माध्यमिक विद्यालयहरु, १५३ वटा माध्यमिक विद्यालयहरु, ५९ वटा उच्च माध्यमिक विद्यालयहरु, ३ वटा धार्मिक विद्यालयहरु रहेका छन् । संस्थागत विद्यालय तर्फ ५० वटा निम्न माध्यमिक विद्यालयहरु र १७९ वटा माध्यमिक विद्यालयहरुले शिक्षा प्रदान गर्दै आएका छन् ।

माध्यमिक शिक्षा

माध्यमिक शिक्षा अन्तर्गत माध्यमिक शिक्षा (कक्षा ९ र १०) र उच्च माध्यमिक शिक्षा (कक्षा ११ र १२)  २ वटा तह रहेका छन् । कक्षा ९ र १० सञ्चालन हुने माध्यमिक विद्यालयहरु शिक्षा ऐन २०२८ अन्तर्गत संचालित छन् । सामुदायिक विद्यालय तर्फ यस जिल्लामा यो शिक्षा प्रदान गर्ने हाल  १५३ वटा माध्यमिक विद्यालयहरु,  ५९ वटा उच्च माध्यमिक विद्यालयहरु, २ वटा धार्मिक विद्यालयहरु रहेका छन् । संस्थागत विद्यालय तर्फ १७९ वटा माध्यमिक विद्यालयहरुले यो शिक्षा प्रदान गर्दै आएका छन् ।

उच्च माध्यामिक शिक्षा

उच्च माध्यामिक तह कक्षा ११ र १२ संचालन हुने उच्च माध्यमिक विद्यालयहरुको संचालन रेखदेख मुख्यतया उच्च माध्यमिक शिक्षा ऐन २०४६ अन्तर्गत हुन्छ भने कतिपय विषयमा शिक्षा ऐनमा निर्भर रहनु पर्ने व्यवस्था भै दोहोरो उत्तरदायित्वको अवस्था रहेको छ । सामुदायिक विद्यालय तर्फ यस जिल्लामा यो शिक्षा प्रदान गर्ने हाल  ५९ वटा उच्च माध्यमिक विद्यालयहरु रहेका छन् । संस्थागत विद्यालय तर्फ ४२ वटा उच्च माध्यमिक विद्यालयहरुले यो शिक्षा प्रदान गर्दै आएका छन् ।

शैक्षिक विभाजन ः

शैक्षिक सेवासुविधाहरूलाई सरल र सहज रुपले सेवाग्राही समक्ष पु¥याउन जिल्लालाई १६ स्रोतकेन्द्र र ८ निरीक्षण क्षेत्रमा विभाजन गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । स्रोतकेन्द्रगत रुपमा गा.वि.स. हरूको वितरण तलको तालिकामा प्रस्तुत गरिएकोछ ।

स्रोतकेन्द्रगत गा.पा./न.पा.हरूको विवरण

१      विराटनगर महानगरपालीका

२     बेलबारी नगरपालीका

३      लेटाङ नगरपालीका

४     पथरी नगरपालीका

५      रंगेली नगरपालीका

६      रतुवामाइ नगरपालीका

७      सुनवर्षाी नगरपालीका

८     उर्लाबारी नगरपालीका

९     सुन्दरहरैंचा नगरपालीका

१०     बुढिगंगा गाउँपालीका

११     धनपालथान गाउँपालीका

१२     ग्रामथान गाउँपालीका

१३     जहदा गाउँपालीका

१४     कानेपाेखरी गाउँपालीका

१५     कटहरी गाउँपालीका

१६     केराबारी गाउँपालीका

१७.   मिक्लाजुङ गाउँपालीका

                                                          स्रोत ः शैक्षिक तथ्याङ्क, जि.शि.का. मोरङ

जिल्लाको  भौगोलिक अवस्था

          पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा पर्ने मोरङ जिल्ला धनकुटा, पाँचथर र ईलाम जिल्लाको  दक्षिण, सुनसरी जिल्लांको पूर्व, झापा जिल्लाको पश्चिम तथा छिमेकी राष्ट्र भारतको बिहार राज्यको उत्तरी खण्डमा अवस्थित छ । १८५५ वर्ग कि.मि. क्षेत्रफलमा फैलएिको यस जिल्लामा उष्ण र समशीतोष्ण दुवै प्रकारको हावापानी र सोही वातावरणमा हुर्किने वनस्पतिहरु पाईन्छन् । यो जिल्ला २६ं २०’ देखि २६ं ५३’ उत्तरी अक्षांश र ८७ं १८’ देखि ८७ं १४’ पूर्वी देशान्तरमा फैलिएको छ । यस जिल्लालाई ९ वटा निर्वाचन क्षेत्र, १७ वटा इलाका, १ वटा उपमहानगरपालिका ६ नगरपालीका र ५२ गा.वि.स.मा विभाजन गरिएको छ । जसमध्ये ८ वटा गा.वि.स. पहाडमा, ३ वटा पहाडको फेदी भावरमा र ४१ वटा पूरै तराइमा फैलिएका छन् भने तराईको जिल्ला भएर पनि यस जिल्लाको  भू–भाग पहाड, भित्री मधेस र तराई तीन खण्डमा विभाजित छ । यो जिल्ला समुद्री सतहदेखि १४० मी.उचाइको समथर भूभाग देखि लिएर २४०९ मी.उचाइ सम्मको उच्च पहाडी भूभाग रहेको छ ।

प्राकृतिक विशेषता

       भू बनोट तथा धरातलीय हिसाबले यस जिल्लालाई पहाडी, भावर र तराइ गरी ३ भागमा विभाजन गर्न सकिन्छ । यस जिल्लाको उच्च भूभाग पहाडी क्षेत्र हो । यस क्षेत्रमा टाँडी, वारांङ्गी, रमितेखोला, जाँते, भोगटेनी, सिंहदेवी, पाटी र यांशिला गरी ८ वटा गा.वि.स.हरु रहेका छन् भने पहाडको फेदी र चारकोशे झाडीको उत्तरतर्फ रहेका मधुमल्ला लेटाङ, केराबारी र जाँतेको दक्षिणी भाग रहेका छन् । चारकोशे जंगलको दक्षिणको समग्र भूभाग तराइ क्षेत्र हो । धरातलीय स्वरुप अनुसार नै शितोष्ण, समशितोष्ण र उष्ण हावापानी पाइने यस जिल्लामा न्यूनतम ३ देखि अधिकतम ४३ डिग्री सेन्टीग्रेड तापक्रम रहेको पाइन्छ । वार्षिक औसत १८१२ मि.मि. वर्ष हुने यस जिल्लामा मुख्य खोलाहरु बुढी, केसलिया, सिँगिया, खदम गछिया, चिस्याङ्ग, बेतौना, लोहन्द्रा, डांस, बक्राहा, मावा, नुनसरी सखारे आदि हुन् । यस जिल्लामा उष्ण मौसमी, सदाबहार, पतझर र कोणधारी किसिमका रुख, बोटविरुवा पाइन्छन् । तराइको उत्तरी भूभागमा रहेको चारकोशे जंगल यहाँको प्रमुख जंगल हो । यसका अतिरिक्त पहाडी क्षेत्रका गा.वि.स.हरुको धेरैजसो भूभाग वन जंगलले ढाकेको  छ । यहाँ खासै उल्लेखनीय तालहरु नभएपनि गाउँ गाउँमा सानातिना पोखरीहरु  प्रशस्तै पाइन्छन् । केही सिमसार क्षेत्रहरु मनोरम स्थानका रुपमा रहेका छन् । गोविन्दपुरको सुनवर्षी पोखरी, भोगटेनीको राजारानी पोखरी र विराटराजाको ऐतिहासिक एवं प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिन्छन् ।

पर्यटकीय विशेषता

       पर्यटकीय दृष्टीले पनि यस जिल्लाका विभिन्न ठाउँहरु महत्वपूर्ण मानिन्छ ।  देशको सबैभन्दा ठूलो औद्योगिक शहरको रुपमा चिनिने एवं जिल्लाको सदरमुकाम विराटनगर पूरानो औद्योगिक क्षेत्र रानी मिल्स एरिया, भोगटेनी गा.वि.स.मा पर्ने राजारानी दरबार, धिमाल दरबार, कसेनीमा पर्ने धनपाल गढी, गोविन्दपुरको सुनवर्षी पोखरी, पाँचथर, ताप्लेजुङ जाने पुरानो नाकाको रुपमा परिचित रंगेली बजार, उत्तर पूर्वी नाकाको रुपमा चिनिने चिसापानी भञ्ज्याँङ, साथै अन्य धेरै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँहरु यस जिल्लामा रहेका छन् । समग्रमा मोरङ भौगोलिक विविधतायुक्त जिल्लाको रुपमा रहेको छ ।

जिल्लाको प्रशासनिक तथा राजनैतिक विभाजन

       यस जिल्लालाई एक उपमहानगरपालिका र ६५ वटा गा.वि.स.मा विभाजन गरिएको छ । ९ वटा निर्वाचन क्षेत्र र १७ इलाकामा विभाजित यस जिल्लाका केही गा.वि.स.हरु नगरोन्मुख अवस्थामा रहेका छन् । शैक्षिक हिसाबले यस जिल्लालाई ८ निरीक्षण क्षेत्र र १६ स्रोतकेन्द्रमा विभाजन गरिएको छ ।

जनसांख्यिकीय अवस्था

जनगणना २०६८ अनुसार मोरङ जिल्लाको कूल जनसंख्या ९६५३७० मध्ये महिला४९८६५८ र पुरुष ४६६१७२,  कूल जनसंख्याको ५२.२८ प्रतिशत महिला र ४८.३४ प्रतिशत पुरुष रहेको छ । यस जिल्लामा जम्मा घरधुरी संख्या २१३९९७,  सबैभन्दा बढी जनसंख्या भएको गा.वि.स. उर्लावारी, जसमा महिला १८८८१ पुरुष १६२८५ गरी ३५१६६ रहेको देखिन्छ भने सबैभन्दा कम जनसंख्या भएको पाटी गा.वि.स.मा महिला ११८० र पुरुष १००३ गरी जम्मा २१८३ रहेको छ । औसत परिवारको आकार ४.५१, लैङ्गिक अनुपात (प्रति सय महिलामा पुरुषको संख्या) ९३.५९, जनघनत्व प्रति वर्ग कि.मि. ५२० रहेको छ । अपाङ्गता भएको जनसंख्या पुरुष ९४९४ र महिला ५७५९ गरी जम्मा १७०५३ रहेको छ ।  कूल जनसंख्या मध्ये संस्थागत ९क्ष्लकतष्तगतष्यलब०ि जनसंख्या महिला ९८३ र पुरुष ४८१९ गरी जम्मा ५८०२ र घरधुरी २७ देखिन्छ । यस जिल्लाको जनसंख्या वृद्धि दर १.३५ छ ।