Need Help ?
Call: +977- 021471222

शिक्षा विकास तथा समन्वय इकाइको हार्दिक अपिल

प्रकाशित मिती:  २०७५।४।३०

मोरङ जिल्लाको श्री मा. वि. जाँते, केरावारीमा केही दिन अघि भएको अमानवीय घटना प्रति समग्र शिक्षा क्षेत्रको गम्भिर ध्यानाकर्षण भएको छ । विद्यालयमा वालवालिको सम्वेदनशीलता लाइ उच्च प्राथमिकता दिदै विद्यालयमा प्रयोग हुने खानेपानीको ट्याङ्की, खानेपानीको मुहान वा पानी पीउन प्रयोग हुने भाँडा दैनिक रुपमा सुरक्षित भए नभएको यकिन गर्नु हुनकासाथै पानीको प्रयोग गर्नु पूर्व त्यसको रङ, गन्ध र अवस्था हेरी सेवन गर्ने सम्वन्धमा सबै वालवालिकालाई सचेत गराउने व्यवस्था गर्नु गराउनु हुन सबै विद्यालयहरु लाई अनुरोध छ ।